कोरोना परीक्षणको दायरा समुदाय स्तरसम्म विस्तार गर्नुपर्छः देउवा

८ बैशाख २०७७, सोमबार १६:००

काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण परीक्षणको दायरा समुदाय स्तरमा विस्तार गर्न आग्रह गर्नु भएको छ ।
आइतबार एक अपिल जारी गर्दै उहाँले परीक्षणको दायरा समुदाय स्तरमा तीव्र रुपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको हो । । उहाँले पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने पनि बताउनु भएको छ ।
सभापति देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने पनि बताउनु भएको छ ।

‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपिल गर्दछु’ देउवाले अपिलमा भन्नु भएको छ ‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु ।’