कोरानाले बच्ने, भोकले मर्ने ? सरकार !

५ बैशाख २०७७, शुक्रबार १४:०७

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ? भन्दै सरकारलाई प्रश्न गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार एक विज्ञप्ति जारी गर्दै यतिबेला सयौं किलोमिटर पैदल हिंडेर घर जाँदै गरेका नागरिकलाई राज्यले भरथेग नगरेको आरोप लगाउनु भएको हो ।

निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन, तर कोठा भित्र छट्पटीएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन, शर्माले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

उहाँले यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने बताउनु भयो । ७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पु¥याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु¥याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ, शर्माले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

पढ्नुहोस् पूरै विज्ञप्ति
कोरानाले बच्ने,भोकले मर्ने ? सरकार !
पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?

निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन,तर कोठा भित्र छट्पटीएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन ।

१ सयौं किलोमीटर पैदल हिंडेर ती नागरिक घर गइरहेका छन्,जो संग अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति रहेन । यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो । ७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पु¥याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु¥याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ ।

२ गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दैगएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं—अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो,सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी,श्रमिक,बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?

३ परिक्षण,परिक्षण र व्यापक परिक्षण —कोरोनाबाट जोगाउन । राहत,राहत र पर्याप्त राहत —भोकमरीबाट जोगाउन । सरकारलाई हामी विनम्र अपिल गर्दछौं,सचेत गराउन चाहन्छौं र सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको चेतावनीपनि दिन चाहन्छौं ।

अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु प¥यो सरकार । सुनिन्छ भने सुन्नु प¥यो । बुझिन्छ भने बुझ्नु प¥यो । गम्भीर परिस्थितिको गहिरो समिक्षा गर्दै उच्च ब्यवहार कुशलता साथ सरकारले कार्य गरोस्,संकटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउंदछ ।