ओली ‘श्री ७ खड्गशमशेर’ बन्न खोजेः बाबुराम

१२ बैशाख २०७७, शुक्रबार १४:४६
100

100
baburam

काठमाडौं , पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई श्री ७ खड्गशमशेर बन्ने सपना देखेको आरोप लगाउनु भएको छ ।

शुक्रवार एक ट्वीट गर्दै भट्टराईले समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैंतिर फर्केर घाइते बनेपछि ओलीले अध्यादेश फिर्ता लिएको टिप्पणी गर्नु भएको हो ।

‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्,’ उहाँले लेखनु भएको छ , ‘यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन र कारवाही हुनैपर्छ ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ । सावधान ! ’