आयल निगमले आजदेखि भरि सिलिण्डर ग्यासको बिक्री गर्ने

३० चैत्र २०७६, आईतवार १४:४४

काठमाण्डौ , नेपाल आयल निगमले आजदेखि पुरै भरिएकोे ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले गएको १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आजदेखि पुरै ग्यासको सिलिण्डर बिक्री गर्ने भएको हो ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि पुरै ग्यास सिलिण्डर बिक्री गर्ने निर्णग गरेको थियो ।