अंगुर स्वास्थ्यका लागि निकै लाभदायक

२४ चैत्र २०७६, सोमबार १५:२२

एजेन्सी , गर्मीमा पाइने अंगुर स्वास्थ्यका लागि निकै लाभदायक फल हो ।

रोगप्रतिरोधक क्षमता (इम्युनिटी) बढाउनका लागि अंगुर प्रभावकारी छ । विभिन्न प्रकारका रोगबाट बच्नका लागि इम्युनिटी बलियो हुनुपर्छ । बलियो इम्युनिटी हुँदा संक्रमणले असर गर्न सक्दैन ।
अंगुरमा भएको भिटामिन सीले इम्युनिटी बढाउँछ ।

माइग्रेन
माइग्रेन भएको मानिसलाई दुईतीन दिनसम्म बेस्सरी टाउको दुख्छ । कसैलाई त असह्य भएर ड्रिप समेत लिनुपर्ने हुन्छ । अंगुरको नियमित सेवनले माइग्रेनबाट राहत पाइन्छ । यसमा भएको पोषक तत्त्वले टाउको दुखेको कम गराउँछ ।

आँखा
आँखाको स्वास्थ्यका लागि भिटामिन ए जरूरी हुन्छ । अंगुरमा भिटामिन ए भरपूर पाइन्छ । त्यसैले स्वस्थ आँखाका लागि अंगुर खान थाल्नुस् ।

मिर्गौला
मानव शरीरका लागि मिर्गौला महत्त्वपूर्ण अंग हो । यसलाई स्वस्थ राख्न अंगुर सहायक हुन्छ किनकि यसमा एन्टीअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी तत्त्व हुन्छ ।

संक्रमण
भाइरल संक्रमणले मानिसलाई अनेकथरी रोग दिन्छ । अहिले विश्वभरि फैलिएको कोभिड–१९ पनि सरुवा रोग हो जुन एक मानिसबाट अर्को मानिसमा फैलिन्छ । भाइरल संक्रमणले रुघाखोकी लगाउँछ । अंगुरमा भएको एन्टीभाइरल गुणले विभिन्न प्रकारका संक्रामक रोगबाट बचाउँछ ।