अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन भन्छन “यहाँ बस्न गाह्रो भए आफ्नै देशमा फर्क”:

कोरोना भाइरस सङ्क्रमणका कारण आर्थिक रूपमा असहज परिस्थितिमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशमा फर्किएर जाँदा नै राम्रो हुने बताएका छन्।

कोरोना भाइरस सङ्क्रमणका सम्बन्धमा सरकारको कदम’bout जानकारी दिने उद्देश्यले आयोजना हुने नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री मोरिसनले अन्य अस्थायी भिसाका सम्बन्धमा अध्यागमन मन्त्रीले हेर्ने भए पनि विद्यार्थीहरूको लागी देश फर्कनु नै उत्तम उपाय भएको बताएका हुन्।

अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अस्थायी भिसामा रहेकाहरुले कोरोनाभाइरसका कारण सरकार द्वारा प्रदान गरिने आर्थिक सहायता पाउन नसक्ने’bout प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीको उक्त भनाइ आएको हो। 

विद्यार्थी भिसा आवेदन हाल्दा नै उनीहरूले पहिलो वर्ष भरिको बसाइमा आर्थिक रूपमा आफूलाई सक्षम रहेको देखाउनु पर्ने नियम हुने भन्दै उनले फलस्वरूप सरकारले उनीहरूबाट त्यही किसिमको सक्षमताको अपेक्षा गर्ने बताएका छन्।

“अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा, सबै विद्यार्थीहरू जो अस्ट्रेलिया आएका छन् उनीहरूले यहाँ बसाइको पहिलो १२ महिनासम्म आफूलाई आर्थिक रूपमा सहायता गर्न सक्ने देखाउनु पर्छ। त्यो उनीहरूको भिसामा आवश्यक हुन्छ।त्यसैले त्यो सरकारको तर्फबाट गरिएको अनुचित अपेक्षा होइन।”

तर विद्यार्थी भिसा लगायत अन्य अस्थायी भिसामा रहेकाहरूलाई अस्ट्रेलियामा बस्न बाध्यकारी नभएको भन्दै उनले त्यसको विकल्प स्वरूप उनीहरू आफ्नो गृह राष्ट्रमा फर्केर जान सक्ने उनको भनाइ थियो।

कोरोना भाइरस सङ्क्रमणका कारण आफ्नो नियमित आम्दानी गुमाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि मेडीकेयर र राहत प्याकेजमा समावेश गर्न नेपाली समुदायबाट पनि यस अघि प्रधानमन्त्रीलाई आग्रह गरिएको थियो।

पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमण’bout जानकारी दिने क्रममा पत्रकारले बहु भाषी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागी के व्यवस्था गरिन्छ भनी सोधेको प्रश्नमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको जिम्मेवारी आफ्नो सरकारले लिन नसक्ने आशय व्यक्त गरेका हुन्।

उनले पर्यटन भिसामा रहेकाहरूलाई पनि आफ्नै देशमा उचित व्यवस्थापन हुन सक्ने भन्दै अस्ट्रेलियाले अहिले यहाँका स्थायी भिसा भएका र नागरिकहरू माथि नै ध्यान केन्द्रित गर्ने बताएका छन्।

तर उनले यो सङ्कटको समयमा सहयोग गर्न सक्ने विद्यार्थी र अन्य अस्थायी भिसामा रहेकाहरूको लागी काम गर्न पाउने समयावधि बढाइएको बताएका छन्।

विद्यार्थी नर्स तथा अन्य छोटो समयका लागी अस्ट्रेलिया आएका र अहिले आवश्यक रहेका क्षेत्रमा काम गर्न सक्ने कामदारहरूका लागी पनि अवसरहरू प्रदान गरिने उनको भनाइ रहेको छ।

“हामीले विद्यार्थी नर्सहरूको काम गर्न पाउने समय पाबन्दीलाई हटाएको छौँ। जस्तै करिब २० हजार थप विद्यार्थी नर्सहरू हाम्रो स्वास्थ्य सेवामा उपलब्ध हुने छन् त्यो एकदम महत्त्वपूर्ण छ। ब्याकप्याकर डाक्टर तथा नर्सहरू वा हामीलाई अहिले आवश्यक रहेको क्षेत्रमा काम गर्न सक्नेहरूका लागी पनि अवसर हुने छ।”


प्रकाशित | २०७६ चैत्र २१ प्रकाशित १५:१६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ