
काठमाडौं, सरकारले आह्वान गरेको लकडाउनलाई प्रहरीले भोलिबाट कडाइका साथ लागू गर्ने भएको छ ।
आज पहिलो दिन भएकाले माइकिङ र सडकमा गुडेकन सवारी साधनलाई सम्झाइबुझाइ छाडेको तर भोलिबाट अनुमति नलिई सडक सवारी चलाए चालक र सवारी साधनलाई नियन्त्रणमा लिइने काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिनु भयो ।
आज काठमाडौंबाहिर भने अनुमति नलिई सवारी चलाउने सवारी साधनलाई भने नियन्त्रणमा लिइएको छ ।
