
काठमाडौ , सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका ६ जना कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन्। उनीहरुलाई आइतबार राति ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनु भयो । पक्राउ पर्नेमा नेत्रविक्रम चन्दका माइला दाई जयन्द्र चन्दसमेत रहेको एसएसपी राईले बताउनु भयो ।
