
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र बजारमा अभाव नहुने बताएको छ ।
चीनमा देखिएको कोरोना भाइरस कोविड–१९को संक्रमण विश्वभर फैलिन थालेपछि त्यसको त्रासमा बजारमा अभाव हुन सक्ने भन्दै उपभोक्ताले दैनिक उपभोग्य वस्तुको भण्डारण गर्न थालेका हुन् ।
संस्थान र निजी व्यवसायीसँग पर्याप्त मात्रामा अत्यावश्यक वस्तु पर्याप्त रहेको भन्दै मन्त्रालयले अभाव नहुने बताएको हो ।
द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको बजारमा अभाव नहुने प्रष्ट पारे ।
उनले बजारमा कुनै पनि अत्यावश्यक सामग्रीको अभाव हुन नदिने गरी सरकारले बन्दोवस्त गरिरहेको बताए ।(आजको कारोबार दैनिकबाट)
