सुनको मूल्य घट्यो

६ चैत्र २०७६, बिहीबार १३:४९

काठमाडौं, सुनको मूल्य आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ। बुधबार एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य पनि घटेर ७४ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।