दुधसँग यी खानेकुराहरु खाँदै नखानुस्, नत्र यस्तो गम्भीर समस्या देखा पर्ला

३ चैत्र २०७६, सोमबार १७:१५

काठमाडौं , हामिले शरिरलाई स्वस्थ राख्न विभिन्न खानेकुरा खाने गर्छौ । हाम्रो शरीरको बिकास गर्न मद्धत गर्ने विभिन्न खानेकुरा मध्ये दुध पनि एक हो । यसमा प्रशस्त पौष्टिक तत्व पाइन्छ । हामिले दैनिकजसो दुध पिइराखेका हुन्छ । दुधलाई केहि खानेकुरासँग मिसाएर वा सँगै खाने पनि गर्छौ । तर दुधसँग खाने केहि खानेकुराहरु जसले हाम्रो शरिरलाई बेफाइदा गर्ने गर्छ ।

हामिले दुधसँग सँगै प्याज खानु हुदैन । प्याजसँग दुध खाने गरेमा छालाको रोग दाद, चिलाउने जस्ता समस्या आउने हुन्छ । त्यस्तै दुध खाएपछि तत्कालै नूनिलो खानेकुरा पनि खानु हुदैन । माछा खाएपछि पनि दूध पिउँनु हुदैन ।

माछा खाएपछि दुध पिउदा पेटमा अम्ल उत्पन्न हुन्छ । जसले गर्दा कब्जियत, झाडापखाला र अपच हुने गर्छ । दुध र दही पनि एक साथ खानु हुदैन । यसरि सेवन गरेमा हाम्रो पेटमा समस्या आउन सक्छ । त्यस्तै दुधसँग कागती पनि खानुहुदैन । यसले एसिडिटीको समस्या आउने गर्छ । (क्यानाडानेपालबाट)