
काठमाडौं , सरकारले बजार हस्तक्षेप गर्ने चेतावनी दिएको छ । ५० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहे पनि उपभोक्ताले ग्यास नपाएपछि सरकार बजार हस्तक्षेप गर्नेतर्फ ध्यान दिएको हो ।
सोमबार सिहंदरबारस्थित मन्त्रालयमा सरोकारवालालाई बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास वितरणमा सहजता नदिए बजार हस्तक्षेप गर्ने चेतावनी दिनु भयो । उहाँले ग्यास वितरणमा सहयोग नगरे व्यवसायीविरुद्ध नेपाली सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिनु भएको हो ।
सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिँदै मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रियासमेत अघि बढाउने बताउनु भयो ।
ग्याससहित पेट्रोलियम पदार्थको सहज वितरणबारे गरिएको छलफलमा ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारी सहभागी थिए ।
