
दाङ , बसबाट झर्ने क्रममा बसले च्यापिएर एक महिलाको मृत्यु भएको छ। भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना४ख ५४६३ नम्बरको यात्रुबहाक बसले च्यापेर तुलसीपुर १४ भोजपुर निवासी ५५ वर्षीय सुशीला वली घाइते भएकी थिइन्।
मलवारमा भएको दुर्घटनामा घाइते उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
