
काठमाडौं , गायिका सुचिंदा श्रेष्ठको आवाज रहेको गीत ‘एकचोटी आइदेऊ न’ को भिडियो सार्वजनिक भएको छ । गीतमा अमन प्रधानको शब्द, संगीत तथा संगीत एरेन्ज रहेको छ ।
रोमान्टिक शैलीको गीतको भिडियोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड गरिएको छ । निशान घिमिरे कस्यपले निर्देशन गरेको भिडियोमा दिव्य क्षेत्रीको मेकअप, उत्सव दाहालको छायांकन रहेको छ । गीतको भिडियो सम्पादन निर्देशक घिमिरेकै रहेको छ ।
