आयल निगमले भन्यो- दैनिक १ लाख ग्यास नेपाल भित्रिएकोले उपभोक्ता आतंकित हुनु पर्दैन

२ चैत्र २०७६, आईतवार १५:४२

काठमाडौं, नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले उपभोक्ता आतंकित हुनु नपर्ने बताएको छ। कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताउनु भयो ।
ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै नहुने उहाँको भनाई छ।