
काठमाडौं , वरिष्ठ साहित्यकार प्रा डा डिपी भण्डारीको ८५ वर्षको उमेरमा निधन भएको छ। भण्डारीको शनिबार दिउँसो साढे ११ बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्याबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो। सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिनु भएका भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गर्नु भएको थियो । उहाँका थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन्।
