
कञ्चनपुर, भीमदत्त नगरपालिका–२ भाँसी ब्रह्मदेव लिंकरोडमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। बिहीबार राति म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटनामा भीमदत्त–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिनु भयो । सुरजको घटना स्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
