कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको १२ भाषाको नयाँ एल्बम ‘मायाको सागर’ सार्वजनिक

२९ फाल्गुन २०७६, बिहीबार ११:१३

काठमाडौं, कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको नयाँ एल्बम ‘मायाको सागर’ बुधबार सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार सिलाबहादुर मोक्तानको प्रमुख आतिथ्यतमा एल्बम सार्वजनिक गरिएको हो ।

गीतकार उपाध्यायका अनुसार सो एल्बममा १२ भाषाका गीत समेटिएको छ। एल्बममा नेपाली, हिन्दी, चाइनिज, जापानिज, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेञ्च, स्पेन, इटलियन, जर्मन र थाई गरी १२ भाषामा गीत रहेको छ।

नेपाली भाषामा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा डीआर उपाध्याय र अन्य भाषमा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । सबै गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने एरेञ्ज देवेन्द्र नेवाःले गरेका छन् ।

गीत लेखेरै उहाँले १४ वटा अन्तर्राष्ट्रिय रेकर्ड राखिसक्नु भएको छ । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसक्नु भएको छ ।
‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार उपाध्याय वर्ष गीत पुरस्कारबाट समेत पुरस्कृत भइसक्नु भएको छ ।