
काठमाडौं , सांसद विन्दा पाण्डेद्वारा लिखित ‘समानताका पाइलाहरू’ पुस्तक बजारमा आएको छ ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो । लामो समयदेखि नेपाली महिला आन्दोलनमा सक्रिय पाण्डेले काठमाडौं विश्वविद्यालयबाट ‘वुमेन इम्पावरमेन्ट इन पोलिटिक्स’ विषयमा विद्यावारिधि गरेकी छन् ।
