
काठमाडौं , गायक सुरेन चन्दको आवाजमा सजिएको ‘उसको माया’ बोलको गीत रिलिज भए लगत्तै राम्रो चर्चा पाइरहेको छ। गीतकार बिन्दुप्रसाद अधिकारीका मनछुने शब्दमा तयार गीतमा संगीतकार नागेन्द्र श्रेष्ठले संगीत भरेका हुन्।
गीतमा पछिल्लो पुस्ताका लोकप्रिय मोडल दिक्पाल कार्कीसँग सुन्दरी पूजा गिरीले अभिनय गरेका छन्। सोनम पाख्रिनले निर्देशन गरेको भिडियोमा गोपाल रसाइलीको एरेन्ज रहेको छ भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन्।
भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने ओएसआर डिजिटलले बजार ब्यबस्थापन गरेको छ।
