फरार रहेका ठेकेदार भेटवालद्वारा आत्मसमर्पण

२७ फाल्गुन २०७६, मंगलवार ११:१५

काठमाडौं , फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् ।

मंगलबार महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् । उनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक हुन ।

काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए ।

‘प्रहरीले उनलाई खोजीरहेको थियो । मंगलबार बिहान उनी भारतबाट त्रिवि एयरपोर्ट हुदै प्रहरी परिसर टेकुआएका हुन्’, महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ताडीएसपी होविन्द्र बोगटीले बताउनु भयो ।

डीएसपी बोगटीका अनुसार भेटवालमाथि७५ लाख १० हजार चेक वाउन्सको उजुरी परेको छ ।

प्रवक्ता बोगटीका अनुसार भेटवाललाई बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर मंगलबारै अदालतमा म्यादथप्ने तयारी भइरहेको छ ।