राप्रपा र राप्रपा संयुक्तबीच एकता हुदै

२३ फाल्गुन २०७६, शुक्रबार १५:२५

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच पुनः एकता हुने भएको छ । पटक पटक जुट्दै र फुट्दै आएका कमल थापा नेतृत्वको राप्रपा र पशुपती शमसेर राणा नेतृत्वको राप्रपा संयुक्त एकताको नजिक पुगेका हुन् ।

विगतदेखी एकताका लागि सक्रिय भएका दुई पार्टीबीच अधिकाशं विषयमा कुरा मिलेको बताइएको छ ।