शेयरमा लगानी गर्न चाहानेले धर्ये गरौ मूल्य अझै घट्छ – राम्रो कम्पनीको शेयर किन्ने बेला आउदै छ।

२० फाल्गुन २०७६, मंगलवार ११:४८

केशव खनाल

अहिलेको परिस्थिति हेर्दा शेयर बजार को अवस्था भयाभह हुने आंकलन गर्न सकिन्छ। नेपाली शेयर बजारमा अहिले ठुला लगानीकर्ता भनौदाहरु हाबी हुदा बजारले केहि गति लिए जस्तो देखिन्छ। शेयर बजारका गुरु सम्झिने ठूला लगानीकर्ताहरुले आफ्ना चिनजान र नातागोताका मान्छेलाई शेयर ५४०० सम्म पुग्छ फलानो कम्पनीको शेयर किन्नु भनि सल्लाह दिने गरिरहेका छन्। यदि बजार करेक्सन नभई लगातार बढ्छ भने त्यो बजार स्थिर हुदैन जुन ११५० को बजार एक दुइ हप्ताको पेरिफेरीमा १६०० भन्दा माथि पुगेको थियो। यसबाट पनि बिचार गर्नुपर्ने हुन्छ शेयर बजार केहि हप्तामै १००० को नजिक पुग्ने छ। शेयर बजार अझै बढ्दै जान्छ लगानी गरिहाल्नु पर्छ भन्ने हरु अहिलेको अवस्थामा लगानी गर्नु भनेको जानी जानी डुब्नु हुनेछ।

शेयर बजार को विश्लेषण नगरी अरुको लहै लहमा लाग्दा लगानी गर्दा गुमाउने सम्भावना रहन्छ ।अरुको उक्साहट र चालवाजी बुझ्न सक्नुपर्छ यदि सकिएन भने नराम्रो कम्पनीमा मात्रै हैन, राम्रैमा पनि धोका खान सकिन्छ । यो क्षेत्र आफैमा जोखिमपूर्ण भएकाले धेरै कुरा सोच बिचार गरेर मात्र बजारमा प्रबेश र किनबेच गर्नुपर्छ । थरिथरिका बिज्ञको पनि कुरा त सुनौ तर पत्याउनु अघि धेरै कुरा आफैले अध्ययन गरेर यकिन गरौं । शेयरको मूल्य बढ्ने र घट्ने, नेप्से उचालिने र थचारिने कुरा बिज्ञतामा नभई बजारको नियममा आधारित हुन्छ ।
नेप्से घट्ने आधार हरु धेरै छन् त्यसैले अहिले जति सक्दो किन्न धर्येता राख्नु पर्छ बजार को स्थिति बुजेरमात्रै किन बेच गर्दा राम्रो हुन्छ।