सरकारले भन्यो – विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन

२ चैत्र २०७६, आईतवार १६:३५

काठमाडौं, सरकारले स्वतन्त्र रुपमा विदेश आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ। कोरोना भइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो बताउनु भएको हो ।

उहाँले विशेष परिस्थित र संक्रमित क्षेत्रबाहेकबाट आउने सबैलाई क्वारेन्टाइन गर्न नसकिने बताउनु भएको हो । दक्षिण कोरियाबाट सबै भन्दा बढी थ्रेट रहेको र त्यस विषयमा अध्ययन भइरहेको उहाँले बताउनु भयो । बढी शंकास्पद व्यक्तिलाई भने अस्पताल लगिने उहाँले बताउनु भयो । क्वारेन्टाइन गर्नुपर्ने विशेष छ भने क्वारेन्टाइन स्थल अहिले पनि सरकारको मातहत नै रहेको उहाँले बताउनु भयो ।

महानिर्देशक श्रेष्ठले संकास्पद सबैलाई विमानस्थलमा परीक्षण गर्ने गरिएको बताउनु भयो । नेपाल भारत सीमा क्षेत्रका ४१ वटा नाकामा हेल्थ डेस्क स्थापना गरिएको उहाँले बताउनु भयो ।