सरकारले कोरोना भाइरसको जोखिम कम गर्न थप सतर्कता बढायो, त्रिभुवन विमानस्थलमा औषधि छर्न थालियो

२७ फाल्गुन २०७६, मंगलवार १०:२६

काठमाण्डौ , सरकारले कोरोना भाइरसको जोखिम कम गर्न थप सतर्कता अपनाइएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर कोरोनाको जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर औषधि (स्प्रे) छर्न थालिएको जनाएको छ ।

यस्तै सरकार र प्रदेश पालिकाको सहकार्यमा छिमेकी देशसँगका ३७ वटा नाकामा हेल्थ डेक्स राखेर नेपाल भित्रने यात्रुको जाँच भइरहेको मन्त्रालयले जनाएको छ । औषधिको अभाव हुन नदिन अनुगमनलाई तीव्र बनाइएको र देशभित्रको उत्पादन क्षमतालाई पनि बढाउन पहल भइरहेको सूचनामा उल्लेख छ ।