भोलिदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन नपाइने

९ चैत्र २०७६, आईतवार १५:३२

काठमाडौं, सरकारले भोलिदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन नपाइने व्यवस्था गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि लामो दूरीका सवारी नचलाउन आह्वान गर्नु भएको थियो ।

प्रधानमन्त्रीको आह्वानअनुसार यातायात व्यवस्था विभागले उपत्यकाबाहेकका जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान नपाउने व्यवस्था गरेको हो ।

सरकारको यो निर्णय सँगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान पाइने छैन ।

यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी लैजान नपाउने निर्देशन आएको बताउनु भयो ।

उहाँका अनुसार यो नियम देशभर लागू हुनेछ । सरकारले यातायात व्यवसायीलाई समेत यो नियम पालना गर्न निर्देशन दिएको सिटौलाले बताउनु भयो ।