बुद्ध एयरले हवाई भाडा घटायो

९ चैत्र २०७६, आईतवार १५:०८

काठमाडौं, बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ ।पर्यटनमन्त्रीको अग्रसरतामा आज बुद्ध एयर सञ्चालकसँगको बैठकमा लामो दूरीको बस सञ्चालन नभएसम्मका लागि भाडा दर घटाएको जनाएको छ ।

नयाँ भाडा दरअनुसार अब काठमाडौंदेखि विराटनगरको अधिकतम भाडा ५ हजार ५ सय रुपैयाँ कायम भएको छ भने भैरहवाको ४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

यसरी नै भद्रपुरको ६ हजार २ सय रुपैयाँ कायम भएको छ भने नेपालगञ्जको ६ हजार ३ सय र धनगढीको ७ हजार ९ सय, पोखराको ३ हजार ७ सय र राजविराजको ४ हजार २ सय रुपैयाँ कायम भएको छ ।