कोरोना कहरः पेट्रोलियम अन्वेषण प्रभावित

१७ फाल्गुन २०७६, शनिबार ०९:५३

काठमाडौं, चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव दैलेखको पेट्रोलियम अन्वेषणमा पनि परेको छ ।

चिनियाँ टोलीले पञ्चकोसी क्षेत्रमा पाँच महिना लगाएर संकलन गरेको तथ्यांक परीक्षणको काम कोरोना भाइरसका कारण प्रभावित बनेको हो ।

एक साताअघि नै सर्भेको काम सम्पन्न गरिसकेको चिनियाँ टोली त्यसको परीक्षणका लागि चीन जान पाएको छैन ।(आजको नागरिक दैनिकबाट)