कर्साङ शेर्पाको ‘दिल बस्यो’ गीत सार्वजनिक (भिडियोे)

१२ फाल्गुन २०७६, सोमबार १५:३३

काठमाडौं नव गायक कर्साङ शेर्पाले आफ्नो डेब्यु म्युजिक भिडियो ‘दिल बस्यो’ सार्वजनिक गरेका छन्। गीतमा शब्द गणेश सुवेदीको रहेको छ भने संगीत बिक्रम थापाको रहेको छ। गीतको संगीत संयोजन विशन मानन्धरले गरेका हुन्।

स्वयं गायक कर्साङ र नायिका वर्षा सिवकोटी फ़िचर्ड म्युजिक भिडियोमा दुई जना विचको चोखो र सरल प्रेम कहानी प्रस्तुत गरिएको छ। उत्सव दहालले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन्। गायक कर्साङको कन्सेप्टमा तयार पारिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन्।

विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका कर्साङलाई गीत संगीतमा गहिरो रुचि देखिन्छ। किशोर कुमार, नारायण गोपाल, भक्तराज आचार्य, दिप श्रेष्ठको गायन कलाबाट प्रभावित बताउने कर्साङले अमेरिकामा हुने विभिन्न सांगेतिक कार्यक्रममा आफ्नो सहभागिता जनाउँदै आएका छन्।