
काठमाडौं , नेपाली दूतावास दक्षिण कोरियाले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो। कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ। संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ। दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो। हेर्नुहोस विज्ञप्ती

