अर्घाखाँचीको खिल्जीमा एक रातमा धेरैको घरमा चोरी

११ फाल्गुन २०७६, आईतवार ११:१३

राम गैरे, काठमाडौं , आज गए राती अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडा न. ६ खिल्जीमा चोरी भएको छ । भु.न.पा ६ निवासी बिनाराम गैरे , जियानन्द गैरे , ज्ञानु बेल्वासे , कमल बस्नेत , बिन बहादुर नेपाली , खेमराज अधिकारी लगायतको घर फोडी चोरी भएको हो । चोरहरुले नगद पैसा र गरगहना चोरेको स्थानीय रुद्ध प्रसाद गैरेले जानकारी दिनु भयो । चोरहरुको खोजी कार्य भैरहेको प्रहरी चौकी खिल्जीले बताएको छ ।