काठमाडौं , नेपाली बजारमा सुनचाँदीको मुल्य दिनहुँ बढदै गएको छ ।आज साताको अन्तिम दिन सुनको मुल्य इतिहासकै महङगो भएको छ ।आज सुन ५०० ले बढेको छ ।
आज सुन प्रतितोला ७८ हजार १०० मा कारोबार भइरहेको छ भने सुन हिजो बिहीबार ७७ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
महासंघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक मुल्य कायम भएको हो ।
यस्तै तृजावी सुन प्रतितोला ७७ हजार ८ सयमा कारोबार भएको छ ।त्यस्तै ,चाँदी भने आज स्थिर रहि प्रतितोला ९ सय १५ मा कारोबार भइरहेको छ ।