महाशिवरात्रि पर्वः पशुपतिनाथको मन्दिर परिसर झकिझकाऊ

९ फाल्गुन २०७६, शुक्रबार १७:४४

काठमाडौं , हिन्दुहरुका आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर परिसर अहिले झकिझकाऊ छ। महाशिवरात्रि पर्वका अवसरमा देश विदेशका थरीथरीका बाबाजीहरु जम्मा भएका छन्। नेपाल र भारतका कयौँ स्थानबाट आएका जोगीहरुलाई पशुपतिनाथ मन्दिर र वनकाली क्षेत्रमा राखिएको छ। उनीहरुले हिजैदेखि धुनी जगाएर पशुपति क्षेत्रमा बसेका छन्। विभिन्‍न रंग र खरानी धँसेका जोगीहरुलाई हेर्न युवायुवतीदेखि अन्य भक्तजनको ओइरो लागेको छ। शिवरात्रिका दिन पशुपतिनाथमा दर्शन गर्ने भक्तजनहरुको संख्या पनि उत्तिकै छ। हेर्नुस् फोटो