
काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिनु भएको छ । सेक्युरिटी प्रिन्टर खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँसकोटाको राजीनामा आएको हो। सञ्चारमन्त्री बाँसकोटाले पदबाट राजीनामा दिएको जानकारी प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले दिनु भएको हो ।
