
काठमाडौ , गण्डकी प्रदेश सरकारले ३६ जना निजामती कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। प्रदेश स्थापना भएको दुई वर्ष पूरा भई तेस्रो वर्ष सुरु भएको अवसरमा गण्डकी प्रदेश सरकारले विभिन्न विधामा निजामती कर्मचारीलाई सम्मान सहित पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्ष ३६ जना कर्मचारीलाई सम्मान गर्दै उनीहरूलाई कुल ११ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको हो।
यस वर्ष सर्वोत्कृष्ट प्रदेश निजामती कर्मचारीको रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव (कानुन) दलबहादुर अधिकारीलाई सम्मान गर्दै नगद एक लाख रुपैयाँ पुरस्कार दिइएको छ। यस्तै, उत्कृष्ट प्रदेश निजामती कर्मचारी पुरस्कार सामाजिक विकास मन्त्रालय पोखराका औषधि आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख खिमबहादुर खड्का बनेका छन्। उनलाई नगद ७५ हजार रुपैयाँले सम्मान गरिएको छ।
यस्तै ५० हजार पुरस्कार राशि रहेको प्रदेश निजामती सेवा पुरस्कार कास्की, पर्वत, म्याग्दी, लमजुङ, तनहुँ, स्याङ्जा, नवलपुर र गोरखाका १६ जना कर्मचारीहरूले पाएका छन्। यसैगरी, प्रदेश प्रोत्साहन पुरस्कारअन्तर्गत ५० हजार नगद राशिको पुरस्कार कास्की, बागलुङ, लमजुङ, मुस्ताङ, मनाङ, तनहुँ र गोरखा जिल्लाका गरी ११ जना निजामती कर्मचारीहरूले पाएका छन् भने प्रदेश प्रोत्साहन पुरस्कारअन्तर्गत २५ हजार नगद राशिको पुरस्कार कास्की, तनहुँ र गोरखा जिल्लामा कार्यरत रहेका ७ जना कर्मचारीलाई प्रदान गरिएको छ। पुरस्कार पाउनेहरुको नामावली यस प्रकार छ ।

