
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं बनेर खानेपानी योजनामा कीर्ते गरेको खुलेको छ।
जिल्ला खानेपानी योजनाको कागजपत्र नक्कली बनाएर कामै नगरी ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। अख्तियारले रकम हिनामिनामा संलग्न भएको आरोपमा वडाध्यक्ष थापासहित लिसंखुपाखर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुका, तत्कालीन असिस्टेन्ट सव(इन्जिनियर लिलबहादुर पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो। यो प्रकरणमा अख्तियारले वडा नम्बर ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
