प्रदेश २ का संसद र कर्मचारीका लागि डेढ करोडका ल्यापटप

२ फाल्गुन २०७६, शुक्रबार १५:०७

२नम्बर प्रदेशले सांसद र कर्मचारीका लागि डेढ करोडका ल्यापटप खरिद गरेका छन् ।

प्रदेशसभालाई पेपरलेस बनाउन भन्दै १ सय ७ सांसद र केही कर्मचारीहरूका लागि ११८ वटा ल्यापटप खरिद गरिएको हो ।

प्रदेशसभा सचिवालयले एक लाख ३४ हजार ७४५ रुपैयाँका दरले डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वन, स्क्रिन टच’ ल्यापटप एक करोड ५९ लाखमा किनेको हो ।

गत आर्थिक वर्षमै टेण्डर आह्वान गरेपनि खरिद गर्द नसकेको संसद सचिवालयले यो वर्ष काठमाडौंको म्याक्स इन्टरनेसनल प्रालिबाट ल्यापटससँगै एकथान सर्भर पनि खरिद गरेको हो ।

संसद् सचिवालयका आइटी विभाग प्रमुख धवेन्द्र कर्णका अनुसार खरिद गरिएका ल्यापटपमा सप्ट्वेयर राख्ने काम भइरहेको छ ।

ल्यापटप चलाउन सिक्न चाहने साँसदहरुलाई तालिमको पनि व्यवस्था गरिने उनले बताए ।

ल्यापटप दिएपछि कागजको खर्च घट्ने र प्रविधिमैत्री हुने सचिवालयको भनाई छ ।्र (आजको अर्थ)