डोजरको ठक्करबाट युवकको मृत्यु

२९ माघ २०७६, बुधबार १५:१८

कञ्चनपुर , शुक्लाफाँटा नगरपालिका–५ मा डोजरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मंगलबार बेलुकी वनसमिति बजार नजिक से १ त ९१६ नम्बरको डोजरले ठक्कर दिँदा ३५ वार्षीय गणेश बादीको मृत्यु भएको हो। भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका बादीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए।