
काठमाडौं, सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो ।
आईजीपी सर्वेन्द्र खनालले सेवाहदका कारण मंगलवारबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपीमा ज्ञवालीलाई नियुक्त गरेको स्रोतले जनाएको छ ।
