
बाँके, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका वनभोजपछि राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन ।
शनिबार अपराह्न बेपत्ता भएका उनलाई अहिलेसम्म फेला पार्न नसकिएको प्रनाउ चन्दले बताए। उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन ।
