
काठमाडौ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ।
शुक्रबार साझ काठमाडौंकै ५७ वर्षीय पुरुष बिरामीलाई उनकि २७ वर्षीय छोरीले प्रदान गरेको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको हो।
प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ। शिक्षण अस्पतालका प्रत्यारोपण चिकित्सक प्रा।डा। रमेशसिंह भण्डारीको टोलिले सो प्रत्यारोपण गरेको हो। प्रा। भण्डारीका अनुसार अस्पतालमा यो प्रत्यारोपण चौथो पटक सफलतापूर्वक सम्पन्न भएको हो।(आजको नागरिक दैनिकबाट)
