
काठमाडौं , चीनमा अहिले कोरोना भाइरसबाट ज्यान जानेको संख्या बढ्दै गएको छ। हालसम्म चीनमा मात्र कोरोना भाइरसबाट ५ सय ६२ जनाको मृत्यु भएको छ भने २८ हजार भन्दा बढी संक्रमित भएका छन् । यसैक्रममा कोरोना भाइरसको उपचारमा खटिएका एक डाक्टरको पनि भाइरसकै संक्रमणबाट मृत्यु भएको छ । २७ वर्षीय सोङ यिङ्जी नाम गरेका डाक्टर १० दिनदेखी कोरोना भाइरसको उपचारमा खटिएका थिए ।
कोरोना भाइरसको उपचारमा वुहान प्रान्तको हेंगयांग इलाकामा खटिएका उनको लगातार मुटुमा असर पर्न थालेको थियो । उनी खटिएको उक्त प्रान्तमा दिउँसो ८ डिग्री र रातमा ५ डिग्री सेल्सियस रहेकोले चिसोकै कारण उनको स्वास्थ्यमा असर परेको बताइएको छ ।
