
काठमाडौं , स्थापनाको दशौं बार्षिक उत्सव कर्पोरेट बिजनेश म्यागाजिन तथा कर्पोरेट खवर डटकमले मनाएको छ। मंगलवार भव्य समारोह वीच कर्पोरेट बिजनेश म्यागाजिनले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको हो।
श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको बार्षिक उत्सव कार्यक्रममा नेपालका लिजेन्ड बिजनेश पर्सनालिटी लक्ष्मीदास मानन्धरलाई कर्पोरेट लाइफ–टाइम अचिभमेन्ट अवार्डव्दारा सम्मानित गरिएको छ।
मन्त्री यादव तथा आयोजक कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्ज्वलजंग शाह तथा कार्यकारी निर्देशक सुषमा महरा शाहले संयुक्त रुपमा सम्मान प्रदान गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विजनेश सेक्टरका पर्सनालिटीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भवानी राणा, सौरभ ज्योति लगायतका ब्यक्तिहरुले कर्पोरेट म्यागाजिनलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
कर्पोरेट विजनेश म्यागाजिनका अध्यक्ष उज्ज्वलजंग शाहले पत्रकारिता क्षेत्रमा हुने उतार चढाव बारे मार्मिक ढंगवाट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन सरोज ओझाले गर्नु भएको थियो ।
