सुनचाँदीको मुल्य दिनहुँ बढदै

९ फाल्गुन २०७६, शुक्रबार १७:५९

काठमाडौं , नेपाली बजारमा सुनचाँदीको मुल्य दिनहुँ बढदै गएको छ ।आज साताको अन्तिम दिन सुनको मुल्य इतिहासकै महङगो भएको छ ।आज सुन ५०० ले बढेको छ ।

आज सुन प्रतितोला ७८ हजार १०० मा कारोबार भइरहेको छ भने सुन हिजो बिहीबार ७७ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक मुल्य कायम भएको हो ।

यस्तै तृजावी सुन प्रतितोला ७७ हजार ८ सयमा कारोबार भएको छ ।त्यस्तै ,चाँदी भने आज स्थिर रहि प्रतितोला ९ सय १५ मा कारोबार भइरहेको छ ।