पूर्व सचिव कार्की पत्नीको उपचारको क्रममा मृत्यु

२७ माघ २०७६, सोमबार १६:३०

काठमाडौं, पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको उपचारको क्रममा मृत्यु भएको छ। सचिव कार्कीको घरमा काम गर्दै आएका विशाल चौधरीले उनलाई आक्रमण गरेको बताइएको छ । आक्रमणबाट गम्भीर घाइते उनलाई स्टार हस्पिटलमा उपचारको लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको हो। सचिव कार्कीकी पत्नी मुनालाई किचेनरुममा मरनासन्न हुने गरी आक्रमण गरेपछि चौधरीले झुण्डिएर आत्महत्या गरेको हुनसक्‍ने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ