तामाको सेवनबाट मधुमेह र क्यान्सरबाट बच्न सकिन्छ,

२४ माघ २०७६, शुक्रबार ११:५२

स्वादमा निकै मिठो हुने तामाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।मधुमेह रोगीका लागि तामा सेवन गर्नु राम्रो मानिन्छ । यसको सेबनले कोलस्ट्रोल पनि नियन्त्रण हुन्छ । तामाको तरकारी सबैलाई मन पर्ने गर्छ । तामाको शब्द सुन्ने बित्तिकै मुखमा पानी पनि आउने गर्छ । धेरैले तामा तरकारी मात्र नभई अचार बनाएर पनि खाने गर्छन् ।

मुटु र फोक्सो सम्बन्धी रोगबाट बच्न तामाको सेबन गर्नु राम्रो हुन्छ । यसको सेबन गर्नाले क्यान्सर रोगबाट पनि बच्न सकिन्छ ।यसको सेबनले वजन पनि घटाउका साथै ग्यास्ट्रिक र अल्सरको समस्या भएकाहरुका लागी पनि निकै उपयोगी मानिन्छ । तामाको सेबनले पिसाबको संक्रमणबाट पनि बचाउछ ।