कार दुर्घटनाः एकको ज्यान गयो एक घाइते

२४ माघ २०७६, शुक्रबार ११:११


बैतडी , बैतडीमा सिकाउदैं गर्दा कार दुर्घटना हुँदाएक जनाको ज्यान गएको छ, भने एकजना घाइते भएका छन्।बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार ज्यान जानेमा दुर्घटनाग्रस्त कारका मालिक दशरथचन्द नगरपालिका ४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा र घाइते हुनेमा कृषी विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय रहेका छन।
बिहीवार राति बा ६ प ९१९९ नम्बरको कार दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित घुसल्ला मोड नजिककै निर्माणधिन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त कार मैदानभन्दा करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते पाण्डेयको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।