अक्षय र नुपुर अब एउटै फिल्ममा अभिनय गर्दै

१९ माघ २०७६, आईतवार ११:१३

काठमाडौं ,बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समय निकै चर्चामा छन् । एकपछि अर्को फिल्ममा व्यस्त हुन थालेका अक्षय महंगा अभिनेता भइसकेका छन् । केहि समयअघि अक्षय र कृति सेननकी बहिनी नुपुर सेननको फिलहाल बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
उक्त म्युजिक भिडियो दर्शकले निकै रुचाएका थिए । यसैक्रममा हालै एक नयाँ खबर बाहिरिएको छ । अक्षय र नुपुरले अब एउटै फिल्ममा अभिनय गर्ने भएका छन् ।
भारतिय मिडियाका अनुसार नपुरले फिल्म ुबेल बटम मा काम गर्ने भएकी छिन् । यस फिल्ममा जुपुरले अक्षय कुमारकी श्रीमतीको भूमिका निर्वाह गर्ने बताइएको छ । यो फिल्म सन् २०२१ को अप्रिल २ मा रिलिज हुनेछ ।