कोरोनाभाइरसले फेल हुन सक्छ किड्नी, यस्ता छन् लक्षण

१७ माघ २०७६, शुक्रबार १४:३७

काठमाडौं । विश्वभर महामारीको रुपमा लिन लागेको कोरोनाभाइरसको संक्रमणले किड्नीसमेत फेल गराउन सक्ने चिकित्सकहरुले बताएका छन् । चीनबाट सुरु भएको यो भसका कारण विश्व स्वास्थ्य संगठन डब्लुएचओ०ले विश्वभर संकटकालको घोषणा गरेको छ । चीनमा यसको संक्रमणबाट एक सय १३ जनाले ज्यान गुमाइसकेका छन् भने हजारौं संक्रमित भएका छन् ।

कोरोनाभाइरसको संक्रमण भएमा किड्नी फेल हुनु, टाउको दुख्नु, नाक टालिनु, खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु, ज्वरो आउनुजस्ता लक्षण देखापर्छ ।

यसबाट भाइरसको संक्रमणबाट जोगिन साबुन पानीले राम्ररी हात धुने, आफूलाई सफा राख्ने, माक्स प्रयोग गर्ने, संक्रमित मानिसको नजिक नजाने, भीडभाडमा नहिँड्ने, राम्ररी पकाएको मासु खाने, जीवित जंगली वा पाल्तु जनावरबाट टाढा रहने, शंका लागेका तुरुन्त अस्पताल जानु पर्छ । क्यानडा नेपालबाट