
काठमाडौं , नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सोमबार राष्ट«पति विद्यादेवी भण्डारीबाट सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
शपथ लिएसँगै सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यालयमा आजै पदभार ग्रहण गर्नु हुनेछ । करिब ४ महिनाबाट रिक्त रहेको प्रतिनिधिसभाले नयाँ सभामुख पाएको हो। सभामुखमा नेकपाबाट सापकोटाको भन्दा अरू उम्मेदवारी नपरेपछि सापकोटा आइतबार निर्विरोध निर्वाचित हुनु भएको थियो ।
